Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रुसी राष्ट्रपति पुटिनले युक्रेनलाई गरे सिधा वार्ताका लागि आह्वान

रुसी राष्ट्रपति पुटिनले युक्रेनलाई गरे सिधा वार्ताका लागि आह्वान

आइतवार , बैशाख २८, २०८२

एजेन्सी । रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनलाई सिधा वार्ताका लागि आह्वान गरेका छन् ।

शनिबार टेलिभिजन सम्बोधनमा उनले १५ मे भन्दा अघि नै वार्ता गर्नु उपयुक्त हुने बताएका हुन् ।

‘हामी गम्भीर वार्ता गर्न चाहन्छौँ। अहिलेको द्वन्द्वको जरो पहिचान गरेर स्थायी शान्तिको बाटोमा जान चाहन्छौँ,’ उनले भने ।

बेलायती प्रधानमन्त्री केइर स्टेइमर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों युक्रेन भ्रमणमा पुगेर रुसलाई ३० दिने युद्ध विराम तत्काल लागु गर्न भने पछि पुटिनको सो अभिव्यक्ति आएको हो ।
पुटिनले वार्ताका सबै ढोका खुला राखेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077