Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सुडानमा हवाई आक्रमण हुँदा एउटै परिवारका १४ जनाको मृत्यु

सुडानमा हवाई आक्रमण हुँदा एउटै परिवारका १४ जनाको मृत्यु

आइतवार , बैशाख २८, २०८२

एजेन्सी । सुडानको डार्फर क्षेत्रमा रहेको विस्थापितहरूको शिविरमा भएको हवाई आक्रमणमा एउटै परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

डार्फरको अबु सुक शिविरलाई लक्षित गर्दै गरिएको आक्रमणबारे स्वयंसेवकहरूले जानकारी दिएका छन्।

उनीहरूले घटनाको विवरणसहित विज्ञप्ति जारी गरेका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार, डार्फरको राजधानी एल–फासेर नजिकैको यो क्षेत्र अझै पनि अर्धसैनिक बल आरएसएफको नियन्त्रणमा छैन र खाद्य संकटले गम्भीर रूपमा प्रभावित छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077