एजेन्सी । श्रीलंकामा तीर्थयात्री सवार बस आइतबार दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । १४ जना गम्भीर घाइते छन् ।
सरकारी स्वामित्वको एउटा बस मध्यपहाडी क्षेत्र कोटमाले हुँदै जाँदै गर्दा बिहान सबेरै भीरबाट खसेको प्रहरीले जनाएको छ ।
उक्त बसमा क्षमताभन्दा २० बढी अर्थात् करिब ७० यात्रु सवार रहेका र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उक्त बस श्रीलंकाको दक्षिणमा रहेको तीर्थस्थल कातारागामाबाट करिब २५० किलोमिटरको दूरीस्थित केन्द्रीय सहर कुरुनेगालातर्फ जाँदै थियो ।