एजेन्सी । भारत र पाकिस्तानबीच आज महानिर्देशक सैन्य अपरेशन वार्ता हुने भएको छ ।
यसअघि भारतले युद्धविरामपछि अब पाकिस्तानका डीजीएमओसँग मात्र कुरा गर्ने बताएको भनेको थियो ।
जसअनुसार आज दिउँसो १२ बजे वार्ता हुन लागेको हो । यसमा अरू कुनै देश सामेल हुने छैन ।
यसैबिच, सीमासँग जोडिएका राजस्थान, पञ्जाब, जम्मू र कश्मीरको अवस्था आइतबार बिहान सामान्य देखिएको र बजारहरू खुला, गतिविधिहरू पनि सामान्य रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।