एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतीक्षा गर्ने बताएका छन् ।
अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई टर्कीमा रुससँग प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव स्वीकार गर्न भनेपछि जेलेन्स्कीबाट उक्त बयान आएको हो ।
योसँगै उनी युद्ध अन्त्य गर्नेबारे बिहीबार टर्कीको इस्तानबुलमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘व्यक्तिगत रूपमा’ वार्ता गर्न तयार भएका छन् ।
‘अब अरू ज्यान गुमाउनुको कुनै अर्थ छैन। म आफैँ बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु’, जेलेन्स्कीले एक्समा लेखेका छन्।