Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पाकिस्तानी सेनाको एउटा विमानमा क्षति

पाकिस्तानी सेनाको एउटा विमानमा क्षति

सोमवार , बैशाख २९, २०८२

काठमाडौं । पाकिस्तानी सेनाले आफ्नो एउटा विमानमा सामान्य क्षति भएको स्वीकार गरेको छ।

आइतबार राति पत्रकार सम्मेलन गर्दै पाकिस्तानी सेनाले भारत–पाकिस्तान द्वन्द्वको समयमा आफ्नो एउटा विमानमा सामान्य क्षति भएको स्वीकार गरेको हो।

तर पाकिस्तानी सेनाले विमानबारे धेरै जानकारी दिएको छैन।

भारत र पाकिस्तानले शनिबार आपसी सहमतिमा जमिन, हावा र समुद्रमा हुने सबै गोलीबारी तथा सैन्य कारबाही तुरुन्तै रोक्ने निर्णय गरेका थिए।

पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले पाकिस्तानी विमानमा मात्र थोरै क्षति पुगेको बताए।

उनले पाकिस्तानको कब्जामा कुनै पनि भारतीय पाइलट नरहेको बताउँदै त्यस्ता समाचार नक्कली सामाजिक सञ्जाल रिपोर्टमा आधारित रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077