Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच भेटवार्ता

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच भेटवार्ता

सोमवार , बैशाख २९, २०८२

एजेन्सी । चीनले ल्याटिन अमेरिकासँग सम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ ल्याटिन अमेरिकी नेता र अधिकारीलाई बेइजिङमा स्वागत गरेको छ ।

अमेरिकासँगको व्यापार युद्धपछि बेइजिङले हालैका वर्षहरूमा ल्याटिन अमेरिकी राष्ट्रहरूसँग आर्थिक र राजनीतिक सहयोग बढाएको छ । उसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको कर वृद्धिविरुद्ध संयुक्त मोर्चा बनाउन आग्रह गरेको छ।

ल्याटिन अमेरिकी मुलुकमध्ये दुई तिहाइ बेइजिङको ट्रिलियन डलरको बेल्ट एन्ड रोड ९बीआरआई० पूर्वाधार कार्यक्रममा सामेल भएका छन् र चीनले ब्राजिल, पेरु र चिलीलगायतको सबैभन्दा ठूलो व्यापारिक साझेदारका रूपमा अमेरिकालाई उछिनेको छ ।

चीन र ३३ सदस्यीय ल्याटिन अमेरिकी तथा क्यारेबियन स्टेट्स समुदाय ९सीईएलएसी० बीच मङ्गलबारदेखि औपचारिक रुपमा फोरम सुरु हुँदै छ ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा पाँचदिने राजकीय भ्रमणका लागि शनिबार बेइजिङ पुगेका छन् । लुलाले सन् २०२३ को सुरुमा सत्तामा आएदेखि नै चीन र अमेरिकासँग सम्बन्ध सुधार गर्ने प्रयास गर्दै आएका छन् ।

संयुक्त राष्ट्रसङ्घको कम्ट्रेड डाटाबेसका अनुसार गत वर्ष ब्राजिलले चीनमा ९४ अर्ब डलरभन्दा बढीको निर्यात गरेको थियो । दक्षिण अमेरिकी कृषि शक्ति राष्ट्र ब्राजिलले मुख्यतया सोयबिन र अन्य प्राथमिक वस्तुहरू चीनमा पठाउँछ भने चीनले ब्राजिललाई सेमीकन्डक्टर, टेलिफोन, सवारी साधन र औषधिहरू बेच्दछ।

सोमबार चिनियाँ विदेशमन्त्री वाङ यीले क्युबाका ब्रुनो रोड्रिग्वेज पेरिला, भेनेजुएलाका यभान गिल, पेरुका एल्मर सियालर र उरुग्वेका मारियो लुबेट्किनलाई बेइजिङको अलङ्कृत दियाओयुताई स्टेट गेस्टहाउसमा बोलाएका थिए ।

सम्मेलनमा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रो र चिलीका राष्ट्रपति गेब्रियल बोरिकको पनि सहभागिता रहने बताइएको छ । ।

बेइजिङको विदेश मन्त्रालयका अनुसार सीले शिखर सम्मेलनको उद्‌घाटन समारोहमा सम्बोधन गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077