Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै

मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै

सोमवार , बैशाख २९, २०८२

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार साँझ ८ बजे प्रधानमन्त्री मोदीले सम्बोधन गर्न लागेका हुन् ।

पाकिस्तानसँगको संघर्क्ष समझदारी भएपछि प्रधानमन्त्री मोदीले पहिलोपटक सम्बोधन गर्न लागेका हुन् ।

अप्रिल २२ मा जम्मु–कश्मीरको पाहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मारिएपछि तनाव बढ्दै गएर भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा गोलीबारी भएको थियो ।

भारत र पाकिस्तान बीचको पछिल्लो सैन्य तनावको पृष्ठभूमिमा, १० मे २०२५ अर्थात् २०८२ वैशाख १० गतेदेखि दुबै देशका सेनाका प्रतिनिधि बीचको संवादपछि साँझ ५ बजेबाट संघर्षविराम लागू गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077