Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

युद्ध थेग्न नसकेपछि पाकिस्तानले संसार गुहार्‍यो, अनि हामीले अपरेसन सिन्दुरलाई रोक्यौँ : मोदी

युद्ध थेग्न नसकेपछि पाकिस्तानले संसार गुहार्‍यो, अनि हामीले अपरेसन सिन्दुरलाई रोक्यौँ : मोदी

सोमवार , बैशाख २९, २०८२

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको व्यवहारमा आगामी रणनीति तय गरिने बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् ।

उनले भने, 'हामीले अपरेसन सिन्दुरलाई अहिले स्थगित मात्र गरेका छौं । पाकिस्तानको प्रत्येक कदमलाई हामीले नियालिरहेका छौं। उसको व्यवहारअनुसार नै हामी अगाडि बढ्नेछौं ।'

यस्तै उनले पाकिस्तानको आग्रहमा भारत युद्धविराम गर्न तयार भएको दाबी गरे ।

पाकिस्तानका डीजीएमओले सम्पर्क गरेर आग्रह गरेपछि युद्धविराम गरिएको उनको भनाइ छ । उनले भारतको कारबाही थेग्न नसकेपछि पाकिस्तानले संसारसँग गुहार मागेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077