Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

'न्युक्लियर ब्लाकमेल' भारतलाई सह्य नहुने मोदीको चेतावनी

'न्युक्लियर ब्लाकमेल' भारतलाई सह्य नहुने मोदीको चेतावनी

सोमवार , बैशाख २९, २०८२

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको 'ब्लाकमेल'विरुद्ध निर्णायक कदम चाल्ने चेतावनी दिएका छन् ।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पाकिस्तानलाई आफूहरूलाई 'न्युक्लियर ब्लाकमेल' सह्य नहुने चेतावनी दिएका हुन् ।

उनले भारतलाई कुनै पनि न्युक्लियर ब्लाकमेल सह्य नहुने चेतावनी दिए । उनले सम्बोधनका क्रममा भने, 'भारत कुनै पनि न्युक्लियर ब्लाकमेल सहने छैन। न्युक्लियर ब्लाकमेलबाट पलाएको आतंकलाई भारतले सटिक र निर्णायक प्रहार गर्नेछ ।'

साथै आतंकवादलाई कुनै कुरासँग पनि दाँजेर भारतले नहेर्ने उनले स्पष्ट पारे । प्रधानमन्त्री मोदीले २१औं शताब्दीमा भारतीय हतियार सक्षम रहेको प्रमाणित भएको पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077