Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमेरिकाकै कारण भारत र पाकिस्तानबीच युद्धविराम भएको हो : डोनाल्ड ट्रम्प

अमेरिकाकै कारण भारत र पाकिस्तानबीच युद्धविराम भएको हो : डोनाल्ड ट्रम्प

सोमवार , बैशाख २९, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'व्यापार रोक्छु' भनेपछि भारत र पाकिस्तानबीच युद्धविराम भएको दाबी गरेका छन् । सोमबार पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले यस्तो बताएका हुन् ।

उनले भारत र पाकिस्तानबीच युद्धविराम गराउन अमेरिकाले भूमिका खेलेको बताए । ट्रम्पले आफूहरूका कारण दुई दक्षिण एसियाली मुलुकबीचको संघर्ष अन्त्य भएको समेत दाबी गरे ।

उनले भने, 'हामीले भन्यौँ हामीले धेरै सहयोग गर्‍यौँ । हामीले तपाईंहरूसँग धेरे कारोबार गर्छौँ । यदि तपाईंहरू संघर्ष रोक्नुभयो भने निरन्तरता दिन्छौँ, नत्र हामी तपाईंहरूसँग व्यापार गर्दैनौँ ।'

उनले भारतसँग व्यापार वार्ता गरिरहेको र पाकिस्तानसँग पनि छिट्टै वार्ता गर्ने पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077