एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादप्रति शून्य सहिष्णुता नै विश्व शान्तिको बाटो भएको बताएका छन् ।
सोमबार राति ८ बजे राष्ट्रका नामको सम्बोधन गर्दै उनले आतंकवाद र वार्ता सँगसँगै नहुने प्रस्ट्याएका हुन् । उनले पानी र रगत एउटै धारामा बग्न नसक्ने बताए ।
'पानी र रगत एउटै धारामा बग्न सक्दैन,’ उनले भने, 'आतङ्ककारी र तिनका संरक्षकलाई फरक हेरिने छैन ।'
पाकिस्तानको आग्रहमा भारतले कारबाही स्थगित गरेको भन्दै यदि फेरि आतङ्ककारी साहस देखाइयो भने भारतले अझ कडा जवाफ दिने चेतावनी दिए ।