Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एयर इन्डियाले जारी गर्‍यो एडभाइजरी, भारतमा केही उडान अझै रद्द

एयर इन्डियाले जारी गर्‍यो एडभाइजरी, भारतमा केही उडान अझै रद्द

मंगलवार , बैशाख ३०, २०८२

एजेन्सी । एयर इन्डियाले आफ्ना केही उडानहरू रद्द गरेको छ ।

भारत र पाकिस्तानबीच युद्धविराम भएको ३ दिनपछि एयर इन्डियाले यात्रुहरूका लागि एडभाइजरी जारी गरेको हो ।

एयर इन्डियाले मंगलबार सीमावर्ती क्षेत्रका केही विमानस्थलबाट आफ्ना उडानहरू रद्द गरिएको जनाएको छ ।

एयर इन्डियाले आफ्नो एक्स अकाउन्टमा लेखेको छ, “पछिल्लो घटनाक्रम र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै, १३ मे, मंगलबार जम्मू, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोटबाट हुने उडानहरू रद्द गरिएको छ ।”

अर्को एयरलाइन्स इन्डिगोले पनि मंगलबार जम्मू, अमृतसर, चण्डीगढ, लेह, श्रीनगर र राजकोटबाट उडानहरू रद्द गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077