Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जम्मु कश्मीरमा भारतीय सेनाको इन्काउन्टरमा तीन आतंककारी मारिए

जम्मु कश्मीरमा भारतीय सेनाको इन्काउन्टरमा तीन आतंककारी मारिए

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । भारतको जम्मु कश्मीरमा भारतीय सेनाको इन्काउन्टरमा तीन जना आतंककारी मारिएका छन्।

जम्मु कश्मीरको शोपिया जिल्लामा उनीहरूलाई इन्काउन्टर गरिएको हो।

मंगलबार केल्लरस्थित जंगलमा आतंककारीहरू लुकीछिपी बसेको सूचना सुरक्षा निकायले पाएको थियो।

त्यही आधारमा भारतीय सेनाले उनीहरूको तीव्र खोजी गरेको थियो।

खोजी गर्नेक्रममा आतंककारीहरूले भारतीय सेनामाथि अन्धाधुन्द फायर गरेको भारतीय सेनाले एक्समा जानकारी दिएको छ।

भारतीय सेनाको जवाफी कारबाहीमा उनीहरू सबै मारिएको दाबी गरिएको छ।

चरमपन्थीविरुद्ध सुरक्षा बलले अभियान जारी राखेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077