एजेन्सी । भारतले पाकिस्तानको आग्रहमा युद्धविराम भएको प्रतिक्रिया दिएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले साप्ताहिक पत्रकार सम्मेलनका क्रममा मंगलबार सो प्रतिक्रिया दिएका हुन् ।
उनले अमेरिकासँग युद्धविरामका विषयमा कुनै छलफल नभएको बताए । पाकिस्तानसँग युद्धविराम गर्नेबारे मध्यस्थता गर्न अमेरिकासँग कुनै छलफल नभएको उनको दाबी छ ।
विदेश मन्त्रालयका प्रवक्ता जयसवालले अमेरिकी नेतासँग भने सम्पर्क भएको स्वीकारे ।