एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार साउदी अरब पुगेका छन् ।
ट्रम्प साउदी अरेबिया, कतार र युएईको चारदिने भ्रमणमा क्रममा त्यहाँ पुगेका हुन् । यो ट्रम्पको दोस्रो कार्यकालको पहिलो प्रमुख कूटनीतिक भ्रमण हो ।
यसैबीच, अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको रक्षा सम्झौतामा हस्ताक्षर भएको छ ।
ह्वाइट हाउसले जारी गरेको ‘फ्याक्ट सिट’मा यो जानकारी दिइएको छ।