Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाको भर्जिनियामा चारजना नेपाली मृत भेटिए

अमेरिकाको भर्जिनियामा चारजना नेपाली मृत भेटिए

शनिवार , जेठ २५, २०८२

काठमाडौं । अमेरिकामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत फेला परेका हुन् ।

मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, २ वर्षे बालक, र ८ वर्षीया बालिका रहेको प्रहरीले जनाएको छ ।

उनीहरू सबैको गोली लागेर मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ । उनीहरुको हत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

मानेसास पार्क प्रहरीका अनुसार जुन ५ को राति १०ः४० बजे प्रहरी टोलीलाई लाने लेनको ९४०० ब्लकमा रहेको एक घरमा जाँचका लागि बोलाइएको थियो।

प्रहरीहरू तलको अपार्टमेन्टमा प्रवेश गर्दा चार जनाको शव फेला परेको थियो । घटनास्थलमा एक थान बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ। सबै शवहरूलाई मानेसासस्थित मेडिकल एक्जामिनरको कार्यालयमा लगिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077