Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ट्रम्प र मुनिरबीच ह्वाइट हाउसमा गोप्य भेटवार्ता, भारत–पाकिस्तान तनावबारे छलफल

ट्रम्प र मुनिरबीच ह्वाइट हाउसमा गोप्य भेटवार्ता, भारत–पाकिस्तान तनावबारे छलफल

शुक्रवार , आषाढ ६, २०८२

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार पाकिस्तानका सेना प्रमुख जनरल असिम मुनिरसँग वाशिङ्टनस्थित ह्वाइट हाउसमा गोप्य रूपमा भेटवार्ता गरेका छन् ।

इतिहासमै पहिलोपटक कुनै अमेरिकी राष्ट्रपतिले पाकिस्तानी सेना प्रमुखलाई ह्वाइट हाउसको क्याबिनेट रुममा स्वागत गरेका हुन् ।

उक्त विशेष भेटवार्तामा दुवैले संयुक्त रुपमा लञ्च समेत गरे । ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीका अनुसार मुनिरले मे महिनामा भारत र पाकिस्तानबीच बढ्दै गएको तनाव रोक्न खेलेको कूटनीतिक भूमिकाका लागि ट्रम्पलाई श्रेय दिएका थिए । मुनिरको भनाइप्रति सम्मान जनाउँदै ट्रम्पले उनलाई लञ्चको निम्तो दिएका थिए।

भेटपछिको संक्षिप्त पत्रकार भेटमा ट्रम्पले मुनिरको खुलेर प्रशंसा गर्दै भने, “यो मान्छेले पाकिस्तानतर्फबाट भारत–पाकिस्तानबीचको सम्भावित युद्ध रोक्न महत्वपूर्ण भूमिका खेलेका थिए।”

उनले इरान–इजरायलबीचको चुलिँदो तनावबारे पनि मुनिरसँग छलफल भएको जानकारी दिए। ट्रम्पसँगको भेटअघि बिहीबारै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग ३५ मिनेट लामो फोन वार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077