Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

खामेनेईको एक आदेशमा इरानले आणविक बम बनाउँछ : अमेरिका

खामेनेईको एक आदेशमा इरानले आणविक बम बनाउँछ : अमेरिका

शुक्रवार , आषाढ ६, २०८२

एजेन्सी । इरानले इजराइलको बिर्शेबा सहरमा शुक्रबार बिहान ब्यालिस्टिक मिसाइल आक्रमण गरेको छ।

टाइम्स अफ इजराइलको रिपोर्टअनुसार मिसाइल माइक्रोसफ्टको कार्यालयनजिकै खसेको थियो।

यसबाट धेरै कारहरूमा आगो लागेको छ । वरपरका घरहरूमा पनि ठूलो क्षति पुगेको छ। यस आक्रमणमा ६ जना घाइते भएका छन्।

लगातार दोस्रो दिन इरानले बिर्शेबा सहरमा मिसाइल आक्रमण गरेको छ। यसअघि बिहीबार पनि इरानले बिर्शेबाको एक अस्पतालमा मिसाइल प्रहार गरेको थियो । जसमा ५० भन्दा बढी व्यक्ति घाइते भएका थिए।

शुक्रबार बिहानको मिसाइल आक्रममणपछि बिर्शेबा सहरको पार्किङमा राखिएका धेरै गाडीहरूमा आगो लागेको थियो।

यसैबीच न्यूयोर्क टाइम्सका अनुसार अमेरिका इरानसँग अहिले पूर्ण रूपमा परमाणु हतियार निर्माण गर्ने क्षमता रहेको विश्वासमा छ ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनेईले आदेश दिएभने इरानले केही हप्तामै परमाणु बम बनाउन सक्ने दाबी बिहीबर गरेकी थिइन् ।

लेभिटका अनुसार इरानसँग परमाणु हतियार बनाउन आवश्यक सम्पूर्ण स्रोत र प्रविधि उपलब्ध छ।

अब केवल सर्वोच्च नेताको स्वीकृति मात्रै बाँकी छ। यदि इरानले यस्तो कदम चालेमा त्यसले केवल इजराइल मात्रै नभई अमेरिका र सम्पूर्ण विश्वको सुरक्षालाई खतरामा पार्ने उनले बताएकी छन् ।

७ दिनदेखि जारी यो संघर्षमा हालसम्म इजरायलका २४ जनाको मृत्यु भइसकेको छ । ६०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

त्यस्तै, वाशिङ्टनस्थित एक मानव अधिकार समूहले इरानमा हालसम्म ६३९ जनाको ज्यान गइसकेको जनाएको छ । इजरायली आक्रमण मा१३२९ जना घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077