Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

थाइल्यान्डकी प्रधानमन्त्रीको फोन रेकर्ड लिक भएपछि सरकार संकटमा

थाइल्यान्डकी प्रधानमन्त्रीको फोन रेकर्ड लिक भएपछि सरकार संकटमा

शुक्रवार , आषाढ ६, २०८२

एजेन्सी ।  थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा र कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनबिचको टेलिफोन वार्ताको अडियो क्लिप सार्वजनिक भएपछि ठुलो विवाद निम्तिएको छ ।

यस प्रकरणले पेटोङटार्नको सरकार नै संकटमा पर्ने जोखिम सिर्जना गरेको छ । टेलिफोन वार्ताप्रति असहमति जनाउँदै प्रमुख गठबन्धन साझेदार भुमजाइथाई पार्टीले सरकार छाडिसकेको छ ।

भुमजाइथाई पार्टीविना पनि पेटोङटार्नसँग संसद्मा सामान्य बहुमत छ । तर, विवाद चर्किंदै जाँदा अन्य सहयोगी दलले पनि समर्थन फिर्ता लिने डर बढेको छ ।

फोनकलमा पेटोङटार्नले हुन सेनलाई ‘अंकल’ भनेको र उत्तरपूर्वी भेगमा तैनाथ एक थाई सेनाका कमान्डरलाई प्रतिद्वन्द्वी बताएकी थिइन् ।

हालै थाइल्यान्ड र कम्बोडियाबिच सीमा क्षेत्रमा तनाव सिर्जना भएको थियो । सो तनाव कम गर्ने उद्देश्यले दुई नेताबिच फोनावार्ता भएको थियो ।

तर, आलोचकले फोनवार्तामा पेटोङटार्न हुन सेनप्रति अति भक्तिभावपूर्ण देखिएको आरोप लगाएका छन् ।

साथै, उनले फोनमा देशको शक्तिशाली सेनाको अपमान गरेकोमा पनि उनीहरू चिढिएका छन् । फोनमा पेटोङटार्नले हुन सेनलाई पछिल्लो सीमा तनावको समयमा उत्तरपूर्व थाई कमान्डरले ‘हिरो देखिने प्रयास गरेको र अनावश्यक कुरा बोलेको’ भनेको सुनिन्छ ।

पेटोङटार्नले बिहीबार पत्रकार सम्मेलन गरी सैन्य प्रमुख र आफ्नो फेउ थाई पार्टीका वरिष्ठ नेतालगायत शुभेच्छुकसँग माफी मागिन् । तथापि, उनले सेनसँगको नरम शैलीलाई कूटनीति भनेर प्रतिरक्षा गरिन् ।

उता, फोन कलमा प्रधानमन्त्रीले देशको अपमान भएको भन्दै प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामा माग गर्दै सयौँ प्रदर्शनकारी बिहीबार बैंककको सरकारी भवनबाहिर भेला भएका थिए ।

विरोध प्रदर्शनमा प्रायः पहेँलो सर्ट लगाएका वृद्धवृद्धा सहभागी थिए । थाइल्यान्डमा पहेँलो रङले राजतन्त्रलाई प्रतिबिम्बित गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077