एजेन्सी । इजरेलसँग विश्वकै सबभन्दा परीक्षित क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली रहेको विश्वास सामान्यतया गरिन्छ।
तर इरानसँको आक्रमण प्रत्याक्रमणका दौरान केही क्षेप्यास्त्रले ती प्रतिरक्षा प्रणालीलाई तोड्न सकेको देखियो र इजरेलमा गैरसैनिक हताहती हुनुका साथै भवनहरू क्षतिग्रस्त भए।
इजरेलसँग भएका अत्याधुनिक प्रतिरक्षा प्रणाली आइरन डोम, डेभिड्स स्लीङ्, एरो र थाडले डेभिड्स स्लीङ् र आइरन डोमलाई लडाकू विमान, ड्रोन तथा क्रुज क्षेप्यास्त्र रोक्ने गरी बनाइएका छन्।
इरानले सन् २०१४ को अक्टोबरमा इजरेलमा हमला गरेपश्चात् अमेरिकाले उसलाई थाड भनिने हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराएको छ।
टर्मिनल हाइ अल्टिच्युड एरिया डिफेन्स (टिएचएएडी वा थाड) प्रणालीले डेभिड्स स्लीङ्ले जस्तै गरी काम गर्छ।
यसले आफूतर्फ प्रहार गरिएका दुस्मनका क्षेप्यास्त्रलाई तिनको उडानको अन्तिम चरणमा १५०–२०० किलोमिटरको दूरीमा रोक्छ।
यो प्रणालीले पृथ्वीको वायुमण्डलभित्र वा बाहिर पुगेर दुस्मनको क्षेप्यास्त्रलाई रोक्न सक्छ। थाड प्रणालीमा सामान्यतया ६ वटा लन्चर हुन्छन् जुन प्रत्येकमा ८ क्षेप्यास्त्र हुन्छ।
अमेरिकाले इजरेलमा थाड प्रणाली सञ्चालन गर्न आफ्ना फौज खटाएको छ। अमेरिकी सेनाले सन् २०१५ देखि नै थाडको प्रयोग गर्न थालेको छ।
उसले यो प्रणाली साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सलाई पनि बेचेको छ।
डेभिड्स स्लीङ् ( जसलाई हिब्रु भाषामा ूजादुको छडीू भनिन्छ ( ले ३०० किलोमिटर परसम्म क्षेप्यास्त्र रोक्न सक्छ।
डेभिड्स स्लीङ् र आइरन डोमलाई लडाकू विमान, ड्रोन तथा क्रुज क्षेप्यास्त्र रोक्ने गरी बनाइएका छन्।
डेभिड्स स्लीङ्ले प्रहार गर्ने प्रत्येक ुस्टनरु क्षेप्यास्त्रको मूल्य १० लाख डलर पर्छ।
(बीबीसी)