Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इरानले भन्यो - इजरायलको आक्रामण रोकिएपछि मात्र कूटनीति सम्भव

इरानले भन्यो - इजरायलको आक्रामण रोकिएपछि मात्र कूटनीति सम्भव

शनिवार , आषाढ ७, २०८२

एजेन्सी । इरानले आक्रमण जारी रहेको अवस्थामा आफ्नो आणविक कार्यक्रमबारे वार्ता नहुने स्पष्ट पारेको छ ।

जेनेभामा युरोपेली कूटनीतिज्ञहरूसँगको भेटमा इरानी विदेशमन्त्री अब्बास अराघचीले इजरायलको आक्रामण रोकिएपछि मात्र कूटनीति सम्भव हुने बताएका हुन् ।

उनले आणविक कार्यक्रम पूर्णतः शान्तिपूर्ण भएको दाबी गर्दै इजरायली आक्रमणलाई अन्तर्राष्ट्रिय कानूनको उल्लंघनको संज्ञा दिएको छ। ‘इरान आफ्नो वैध आत्मरक्षा अधिकार प्रयोग गर्न पछि पर्ने छैन’, उनले भने।

यसैबीच, इजरायली सेनाले इरानी मिसाइल भण्डारण र प्रक्षेपण केन्द्रहरूमा थप आक्रमण शुरु गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077