Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पाकिस्तानले भन्यो - भारतसँग युद्धविरामका लागि हामीले अनुरोध गरेको होइन

पाकिस्तानले भन्यो - भारतसँग युद्धविरामका लागि हामीले अनुरोध गरेको होइन

शनिवार , आषाढ ७, २०८२

एजेन्सी । पाकिस्तानले गत मे महिनामा दुई देशबीच भएको युद्धविराम आफ्नो अनुरोधमा भएको थियो भन्ने भारतको दाबीलाई अस्वीकार गरेको छ।

पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भारतीय मिडियाले युद्धविरामका लागि पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री सिनेटर इशाक डारले भारतसँग अपिल गरेको भनी गरेको दाबी खण्डन गरेको हो। 

विज्ञप्तिमा भनिएको छ, ‘भारतको कारबाहीपछि पाकिस्तानले युद्धविरामको माग गरेको भन्ने दाबी हामी पूर्ण रूपमा अस्वीकार गर्छौं।’

बरु भारत र पाकिस्तानबीच युद्धविराम ल्याउन साउदी अरेबिया र अमेरिकाले महत्त्वपूर्ण भूमिका खेलेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ।

गत अप्रिल २४ (वैशाख ११) भारत प्रशासित जम्मु-कश्मीरको पहलगाममा २६ जना पर्यटकको हत्या भएपछि यो आतंकवादी आक्रमणमा पाकिस्तानको हात रहेको आरोप लगाउँदै भारतले मे ७ मा हमला सुरु गरेपछि दुई देशबीच हानाहान भएको थियो। 

तर मे १० तारिख साँझ मे ७ मा भारत र पाकिस्तानबीच युद्धविराम घोषणा भएको थियो। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077