Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमेरिकी हस्तक्षेप अत्यन्तै खतरनाक साबित हुनेछ : इरान

अमेरिकी हस्तक्षेप अत्यन्तै खतरनाक साबित हुनेछ : इरान

शनिवार , आषाढ ७, २०८२

काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानी जनतामाथि बम विस्फोट भइरहेको अवस्थामा अमेरिकासँग वार्ता सम्भव नभएको बताएका छन्।

पत्रकारसँग उनले इरानी जनता बम विस्फोटको सामना गरिरहेको अवस्थामा अमेरिकासँग कुनै पनि प्रकारको वार्ता गर्न नसक्ने बताएका हुन्।

अब्बास अराघचीले यो आक्रमणमा सुरुदेखि नै अमेरिकाको संलग्न रहेको दाबी गरे। यद्यपि, उनले यसको कुनै प्रमाण प्रस्तुत भने गरेनन्।

उनले आफू कूटनीतिक वार्ताका लागि तयार रहेको पनि बताए। उनले भने,‘इजरायल र इरानबीच चलिरहेको द्वन्द्वमा अमेरिकाको कुनै पनि हस्तक्षेप अत्यन्त खतरनाक हुन सक्छ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्ता इरानमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरेका थिए।

तर इरानले आफ्नो आणविक कार्यक्रम त्याग्न सहमत हुने आशा गरिएकाले यसलाई दुई हप्ताको लागि स्थगित गरिएको थियो।

इरानका विदेशमन्त्रीले भने,‘हामी हाम्रो आणविक कार्यक्रममा सम्झौता गर्न पूर्ण रूपमा तयार छौँ। कूटनीतिले विगतमा पनि काम गरेको छ र भविष्यमा पनि काम गर्न सक्छ। वार्ताको टेबलमा आउनका लागि आक्रामकता रोक्नु महत्त्वपूर्ण छ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077