Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमेरिकाले गर्‍यो इरानका तीन आणविकस्थलमा आक्रमण

अमेरिकाले गर्‍यो इरानका तीन आणविकस्थलमा आक्रमण

आइतवार , आषाढ ८, २०८२

एजेन्सी । अमेरिकाले इरानका फोर्डो, नटान्ज र इस्फहानलगायत आणविकस्थलमा आक्रमण गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै विमान हाल इरानको हवाई क्षेत्रबाहिर आइसकेको बताएका हुन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल पोस्टमा लेखेका छन्, “हामीले इरानका तीन आणविकस्थल – फोर्डो, नटान्ज र इस्फहानमा हाम्रो धेरै सफल आक्रमण सम्पन्न गरेका छौँ । सबै विमानहरू अब इरानको हवाई क्षेत्रबाहिर छन् । मुख्य स्थल फोर्डोमा पूर्ण मात्रामा बमहरू खसालिएको छ । सबै विमानहरू सुरक्षित रूपमा घर फर्किंदै छन् । हाम्रा महान् अमेरिकी योद्धाहरूलाई बधाई । विश्वमा यो गर्न सक्ने अर्को कुनै सैन्य शक्ति छैन । अब शान्तिको समय हो ! यो विषयमा तपाईंको ध्यानका निम्ति धन्यवाद ।”

उनका अनुसार फोर्डो साइटमा ‘पूर्ण क्षमताका बमहरू’खसालिएको छ र सबै विमानहरू अमेरिका फर्किन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077