एजेन्सी । भारतले ‘अपरेशन सिन्धु’ नाम दिएको उद्धार अभियानअन्तर्गत इरानमा फसेका तीन सय १० भारतीय नागरिकहरूलाई लिएर एक विशेष विमान दिल्ली अवतरण गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले एक्समार्फत यसबारे जानकारी दिँदै इरानबाट तीन सय १० भारतीयहरूलाई लिएर एक विमान हिजो दिल्ली आइपुगेको बताएका हुन् ।
योसँगै अहिलेसम्म आठ सय २७ भारतीयहरूलाई इरानबाट सुरक्षितरूपमा फर्काइएको छ ।
इरानबाट फर्केकाहरुले सङ्कटपूर्ण अवस्थामा पनि सुरक्षीत घर सम्म पुर्याएकोमा भारत सरकारलाई धन्यवाद दिए ।