Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका निम्ति मनोनयन गर्ने पाकिस्तानको घोषणा

डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका निम्ति मनोनयन गर्ने पाकिस्तानको घोषणा

आइतवार , आषाढ ८, २०८२

एजेन्सी । पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका निम्ति मनोनयन गर्ने योजना घोषणा गरेको छ ।

सामाजिक सञ्जाल एक्समा पाकिस्तानी सरकारले हालैको भारत–पाकिस्तान संकटको समयमा निर्णायक कूटनीतिक हस्तक्षेप र महत्त्वपूर्ण नेतृत्वका निम्ति उनी यो पुरस्कारको हकदार भएको उल्लेख गरेको छ ।

भारतले उक्त युद्ध अन्त्य गर्न अमेरिकाले मध्यस्थकर्ताका रूपमा काम गरेको अस्वीकार गरेको छ । र, तेस्रो पक्षबाट कुनै कूटनीतिक हस्तक्षेप नचाहेको जनाएको छ ।

ट्रम्पले आफूले नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुपर्ने बताउँदै आएका छन् । त्यसको विजेता आउँदो अक्टोबरमा घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077