Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमेरिकाले इरानमा आक्रमण गरेपछि संयुक्त राष्ट्रसंघ चिन्तित

अमेरिकाले इरानमा आक्रमण गरेपछि संयुक्त राष्ट्रसंघ चिन्तित

आइतवार , आषाढ ८, २०८२

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकाले इरानविरुद्ध आक्रमण थालेपछि चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकाले गएराति इरानका आणविक स्थलमा बम हमला गरेपछि महासचिव गुटेरेसले सामाजिक सञ्जालमार्फत चिन्ता प्रकट गरेका हुन् ।

उनले लेखेका छन्, ‘म आज अमेरिकाले इरानविरुद्ध गरेको सैन्य कारबाहीप्रति धेरै चिन्तित छु । यो कदमले पहिले नै धेरै नाजुक अवस्थामा रहेको तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि प्रत्यक्ष खतरा भएको क्षेत्रमा तनाव बढाउन सक्छ।’

उनले अगाडि लेखेका छन्, ‘यो द्वन्द्व चाँडै नियन्त्रणबाहिर जान सक्ने डर बढ्दै गएको छ । यसले नागरिक, सम्पूर्ण क्षेत्र र विश्वलाई ठूलो क्षति पुर्‍याउन सक्छ।’

गुटेरेसले संयुक्त राष्ट्रसंघका सदस्य देशहरूलाई परिस्थितिलाई अझ बिग्रनबाट रोक्न र संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077