Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमेरिकी हमलाको प्रतिकार गर्दै इजरायलका १४ सहरमा इरानले हान्यो मिसाइल

अमेरिकी हमलाको प्रतिकार गर्दै इजरायलका १४ सहरमा इरानले हान्यो मिसाइल

आइतवार , आषाढ ८, २०८२

काठमाडौं । अमेरिकाले इरानको फोर्डो, नतान्ज र इस्फहानस्थित तीनवटा प्रमुख परमाणु केन्द्रमा हवाई हमला गरेलगत्तै त्यसको प्रतिकारस्वरूप इरानले इजराइलमाथि मिसाइल आक्रमण गरेको छ।

इरानको इस्लामिक रिभोलुशनरी गार्ड्स कर्प्स (आईआरजीसी) का अनुसार यो अहिलेसम्मकै सबैभन्दा ठूलो हमला हो।

अमेरिकाले नेपाली समयअनुसार आइतबार बिहान ४ः४५ बजे आक्रमण गरेको थियो । आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशवासीलाई सम्बोधन गर्दै ‘इरानका महत्वपूर्ण न्यूक्लियर साइटहरू पूर्ण रूपमा ध्वस्त पारिएका छन’ भन्दै अभिव्यक्ति दिइसकेका छन् ।

इरानलले इजराइलका १४ प्रमुख सैन्य केन्द्रमा लक्षित गरि आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्जारमाध्यमहरुले जनाएका छौं । टाइम्स अफ इजराइलका अनुसार, हाइफा र तेल अभिभका सैन्य अड्डामा इरानी मिसाइलहरू खसेका छन्।

इरानको ब्यालिस्टिक मिसाइल हमलामा इजरायलको उत्तर र मध्य क्षेत्रमा ११ जना घाइते भएका छन्। तेल अभिभको इचिलोभ मेडिकल सेन्टरका अनुसार पाँच जनालाई आपतकालीन कक्षमा ल्याइएको छ, जसमा दुई बालबालिका पनि छन्।

हाइफा शहरमा इरानको मिसाइल खसेको छ । तर मिसाइल खस्दा पनि पनि चेतावनी दिने साइरन नबजेको भन्दै इजराइली सेना अनुसन्धानमा जुटेको छ। हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण आएको छैन।

आईरजीसीका प्रवक्ता जनरल मोहम्मद अली नाइनीका अनुसार इरानले इजरायलका १४ सैन्य केन्द्रमा धावा बोलेको हो ।

जसमा हाइफा र तेल अभिभका सैन्य र प्रविधि केन्द्रहरू छन्। हाइफाको ‘सेल टावर’ मा कद्र(एफ मिसाइल प्रहार गरिएको थियो । जहाँ इजरायलका एआई२१ ल्याब लगायतका सैन्य सफ्टवेयर कम्पनी छन् ।

आक्रमणपछि इरानी विदेशमन्त्री अब्बास अराकचीले आत्मरक्षाका लागि जस्तोसुकै चुनौती सामाना गर्ने बताए । उनले भने–‘संयुक्त राष्ट्र चार्टरअनुसार हामीसँग आत्मरक्षाको अधिकार छ। अमेरिका सुरक्षा परिषद्को स्थायी सदस्य हो, उसैले अन्तर्राष्ट्रिय कानून, राष्ट्रसंघीय चार्टर उल्लंघन गर्दै शान्तिपूर्ण परमाणु केन्द्रमा हमला गर्‍यो ।’

उनले आइतबार बिहानको घटनालाई अवैध र आपराधिक भनेका छन् । उनले भने–‘आइतबार बिहान भएको घटना अवैध, आपराधिक र खतरनाक छ। यसको असर दीर्घकालीन हुनेछ। यसबारे विश्वका सबै मुलुकले चिन्ता लिनुपर्छ ।’

इरान–इजरायल संघर्ष आज १०औँ दिनमा प्रवेश गरेको छ। अमेरिकी मानवअधिकार संस्थाका अनुसार १३ जुनदेखि इरानमा ६५७ जनाको मृत्यु भएको छ । २ हजारभन्दा बढी घाइते छन्।

इरानको स्वास्थ्य मन्त्रालयले भने ४३० नागरिकको मृत्यु र ३ हजार ५०० घाइते भएको पुष्टि गरेको छ। इजरायलमा २४ जनाको मृत्यु र ९०० भन्दा बढी घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077