इरानी सांसद मनन रायसीले पनि फोर्डो आणविक स्थलमा धेरै गम्भीर क्षति नभएको बताएका छन् । उनले भनेका छन्–‘भूमिगत आणविक स्थलमा भएको आक्रमण सतही थियो। तस्निम समाचार एजेन्सीका अनुसार रायसीले भने कि सही जानकारीको आधारमा, म भन्छु कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको झूट बोलेको दाबीको विपरीत, बम विष्फोटका कारण फोर्डो आणविक स्थलमा धेरै गम्भीर क्षति भएको छैन र भएको क्षति जमिनमा मात्र छ, जुन पुनर्स्थापित गर्न सकिन्छ।’ यसैबीच अमेरिकाको आक्रमणललगत्तै त्यसको प्रतिकारस्वरूप इरानले इजराइलमाथि मिसाइल आक्रमण गरेको छ। इरानको इस्लामिक रिभोलुशनरी गार्ड्स कर्प्स (आईआरजीसी) का अनुसार यो अहिलेसम्मकै सबैभन्दा ठूलो हमला हो। इरानलले इजराइलका १४ प्रमुख सैन्य केन्द्रमा लक्षित गरि आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्जारमाध्यमहरुले जनाएका छौं । टाइम्स अफ इजराइलका अनुसार, हाइफा र तेल अभिभका सैन्य अड्डामा इरानी मिसाइलहरू खसेका छन्। इरानको ब्यालिस्टिक मिसाइल हमलामा इजरायलको उत्तर र मध्य क्षेत्रमा ११ जना घाइते भएका छन्। तेल अभिभको इचिलोभ मेडिकल सेन्टरका अनुसार पाँच जनालाई आपतकालीन कक्षमा ल्याइएको छ, जसमा दुई बालबालिका पनि छन्। हाइफा शहरमा इरानको मिसाइल खसेको छ । तर मिसाइल खस्दा पनि पनि चेतावनी दिने साइरन नबजेको भन्दै इजराइली सेना अनुसन्धानमा जुटेको छ। हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण आएको छैन। आईरजीसीका प्रवक्ता जनरल मोहम्मद अली नाइनीका अनुसार इरानले इजरायलका १४ सैन्य केन्द्रमा धावा बोलेको हो । जसमा हाइफा र तेल अभिभका सैन्य र प्रविधि केन्द्रहरू छन्। हाइफाको ‘सेल टावर’ मा कद्र९एफ मिसाइल प्रहार गरिएको थियो । जहाँ इजरायलका एआई२१ ल्याब लगायतका सैन्य सफ्टवेयर कम्पनी छन् । आक्रमणपछि इरानी विदेशमन्त्री अब्बास अराघचीले आत्मरक्षाका लागि जस्तोसुकै चुनौती सामाना गर्ने बताए । उनले भने–‘संयुक्त राष्ट्र चार्टरअनुसार हामीसँग आत्मरक्षाको अधिकार छ। अमेरिका सुरक्षा परिषद्को स्थायी सदस्य हो, उसैले अन्तर्राष्ट्रिय कानून, राष्ट्रसंघीय चार्टर उल्लंघन गर्दै शान्तिपूर्ण परमाणु केन्द्रमा हमला गर्यो ।’ उनले आइतबार बिहानको घटनालाई अवैध र आपराधिक भनेका छन् । उनले भने–‘आइतबार बिहान भएको घटना अवैध, आपराधिक र खतरनाक छ। यसको असर दीर्घकालीन हुनेछ। यसबारे विश्वका सबै मुलुकले चिन्ता लिनुपर्छ ।’ इरान–इजरायल संघर्ष आज १०औँ दिनमा प्रवेश गरेको छ। अमेरिकी मानवअधिकार संस्थाका अनुसार १३ जुनदेखि इरानमा ६५७ जनाको मृत्यु भएको छ । २ हजारभन्दा बढी घाइते छन्। इरानको स्वास्थ्य मन्त्रालयले भने ४३० नागरिकको मृत्यु र ३ हजार ५०० घाइते भएको पुष्टि गरेको छ। इजरायलमा २४ जनाको मृत्यु र ९०० भन्दा बढी घाइते भएका छन्।The United States, a permanent member of the United Nations Security Council, has committed a grave violation of the UN Charter, international law and the NPT by attacking Iran's peaceful nuclear installations. The events this morning are outrageous and will have everlasting…
— Seyed Abbas Araghchi (@araghchi) June 22, 2025