Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमेरिकाले सीमा नाघेको भन्दै जबाफ दिने इरानको चेतावनी

अमेरिकाले सीमा नाघेको भन्दै जबाफ दिने इरानको चेतावनी

आइतवार , आषाढ ८, २०८२

काठमाडौं । आफ्नो आणविक भट्टीहरुमा आक्रमण गरेपछि इरानले अमेरिकालाई जबाफ दिने बताएको छ।

अमेरिकाले इरानको आणविक भट्टीहरूमा आइतबार बिहान आक्रमण गरेपछि इरानी विदेशमन्त्री अब्बास अराघचीले त्यसको जबाफ दिने बताएका हुन्।

अराघचीको भनाइ उदृत गर्दै अन्तर्राष्ट्रिष्य सञ्चारमाध्यम सिएनएनले लेखेको छ–‘हाम्रो आणविक पूर्वाधारमा आक्रमण गरेर अमेरिकाले सीमारेखा पार गर्‍यो। हमीले जबाफ दिनैपर्छ ।’

अराघचीले अमेरिकालाई जबाफ दिनू इरानको आत्मरक्षाको अधिकार भएको बताएका छन् । उनले कुटनीतिक तवरबाट समाधान गर्नका लागि कति ठाउँ खाली छ भन्ने विषय आफूलाई थाहा नभएको बताए।

उनले भने–‘तर अमेरिकाको कदम राष्ट्रसंघको घोषणापत्र र अन्तर्राष्ट्रिय कानूनका आधारभूत सिद्धान्तहरूको अकल्पनीय, गम्भीर र अभूतपूर्व उल्लङ्घन हो, ।’

उनले वाशिङ्टनको कदमले निम्त्याउने आक्रामक र खतरनाक परिणामको जिम्मेवार ऊ आफै हुने पनि बताएका छन्।

उनले संयुक्त राष्ट्र सुरक्षा परिषद्‌ले तत्काल आपतकालीन बैठक बोलाएर अमेरिकाको आपराधिक आक्रमणलाई स्पष्ट रूपमा निन्दा गर्नुपर्ने र वाशिङ्टन प्रशासनलाई यसको अन्तर्राष्ट्रिय कानून उल्लंघनका लागि जवाफदेही बनाउनुपर्ने बताए।

उनले भने–इरानले अमेरिकी सैन्य आक्रमण मात्र होइन, इजरायली शासनको लापरवाह र अवैध गतिविधिको विरुद्धमा पनि हरेक सम्भव उपायमार्फत आत्मरक्षा गर्नेछ ।’

अमेरिकाले आइतबार बिहान इरानका तीन परमाणु अड्डाहरूलाई लक्ष्य गरेर बम खसालेको थियो। आक्रमणबाट फर्दो, नतान्ज र इस्फहानमा हमला गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी आक्रमणबाट ती सबै परमाणु संरचना ध्वस्त पारिएको बताएका छन्। तर, इरानले भने अमेरिकी आक्रमणबाट कुनै क्षती नपुगेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077