Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इरानमाथि आक्रमण गरेपछि अमेरिकाले विश्वभर रहेका आफ्ना नागरिकलाई भन्यो - सतर्कता अपनाउनू

इरानमाथि आक्रमण गरेपछि अमेरिकाले विश्वभर रहेका आफ्ना नागरिकलाई भन्यो - सतर्कता अपनाउनू

सोमवार , आषाढ ९, २०८२

एजेन्सी । अमेरिकाले इरानमाथि सैन्य आक्रमण गरेपछि विदेशमा रहेका आफ्ना नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै अमेरिकी विदेश मन्त्रालयले ‘विश्वव्यापी सतर्कता चेतावनी’ जारी गरेको हो।

चेतावनीमा भनिएको छ, “इरानमाथिको अमेरिकी कारबाहीपछि विभिन्न मुलुकहरूमा अमेरिकी नागरिक र संस्थाहरूविरुद्ध विरोध प्रदर्शन तथा हिंसात्मक प्रतिक्रिया देखिन सक्ने भएकाले सतर्क रहनु अत्यावश्यक छ।”

मन्त्रालयले नागरिकहरूलाई भिडभाड भएका ठाउँमा नजान, अनावश्यक यात्रा नगर्न र स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077