Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इरानका १५ वटा विमान नष्ट गरेको इजरायली सेनाको दाबी

इरानका १५ वटा विमान नष्ट गरेको इजरायली सेनाको दाबी

सोमवार , आषाढ ९, २०८२

एजेन्सी ।  इजरायली सेनाले इरानका छ वटा विमानस्थलहरूमा आक्रमण गरेको दाबी गरेको छ।

इजरायली सेनालाई उद्धृत गर्दै यी आक्रमणमा १५ वटा विमान नष्ट गरिएको दाबी गरेको उल्लेख गरेको छ ।

आक्रमणबाट केही विमानस्थलका रनवेहरूमा क्षति पुर्‍याइएको छ।

इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले सामाजिक सञ्जालमार्फत दिएको जानकारीमा यी आक्रमणहरू इरानको पश्चिमी, पूर्वी र केन्द्रीय क्षेत्रमा रहेका विमानस्थलहरूमा गरिएको थियो।

इजरायली सेनाले यसबाट रनवे र भूमिगत बंकरहरूमा पनि क्षति पुगेको जिकिर गरेको छ ।

आईडीएफका अनुसार, ती हवाई आक्रमणमा एफ–१५ र एफ–५ लडाकु विमान, इन्धन भर्ने विमान र एएच–१ कोब्रा आक्रमण हेलिकप्टरहरू पनि ध्वस्त पारिएका छन्।

इरानले हालसम्म यी आक्रमणहरूको पुष्टि गरेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077