Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

रवि लक्षित ओलीको प्रश्न – ७ वटा अदालतले थुनेको व्यक्तिले हामीलाई गाली गर्न मिल्छ ?

रवि लक्षित ओलीको प्रश्न – ७ वटा अदालतले थुनेको व्यक्तिले हामीलाई गाली गर्न मिल्छ ?

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाका सभापति रवि लामिछाने र रास्वपाका नेता कार्यकर्तामाथि आक्रोश पोखेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले रविमाथि आक्रोश पोखेका हुन् ।

सहकारी ठगी प्रकरणमा ७ वटा अदालतले थुनेको व्यक्तिले आफूलाई गाली गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले भने–‘अहिले मान्छेहरु लहलहैको पछाडि कुदेका छन्। नयाँ भन्नेको पछि मान्छे कुँदेका छन्। करोडौँको ठगी गरेको छ । सबैतिर सहकारी ठगी गरेको छ। ७ वटा अदालतले छाडेर कारबाही गर्न हुँदैन। थुन्नुपर्छ भनेर फैसला गरेको छ। गाली हामीलाई गर्छन । त्यस्ताका पछि पनि मान्छे कुदेका छन् ।’

इज्जत कमाउन गाह्रो भए पनि जान धेरै समय नलाग्ने भन्दै ओलीले भने–‘तपाईँहरूले जुन पार्टी छाड्नुभयो त्यस्ताको पछि पनि अझै मान्छे छन् अलिअलि । कस्तो अचम्म ? अझै अलमल गरिरहेका छन्। इज्जत कमाउन गाह्रो छ। गुमाउन सजिलो छ। एउटा बदमासी गर्‍यो भने जिन्दगी भरी बनाएको इज्जत एकै पटक ध्वस्त हुन्छ ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता एमालेले नखोसेको बताए ।

भण्डारी राष्ट्रपति हुने बेलामा आफैँले पार्टी सदस्यता परित्याग गरेको बताउँदै उनले भने–‘उहाँले सदस्यता छाडेर राष्ट्रपति हुन जानुभएको हो । फर्केर आएपछि रसिद काट्ने ठाउँमा कर्मचारी झुक्याएर लिएर हुँदैन । राष्ट्रपति भएको मान्छेलाई कर्मचारीले त रसिद काट्दिन्छ। त्यसरी लिने होइन ।’

छाडेको सदस्यता नवीकरण नहुने बताउन्दै उनले थप भने–‘कसैको सदस्यता नै छैन भने कसरी नवीकरण हुन्छ ? उहाँको सदस्यता नै थिएन । उहाँले ०७२ कात्तिक १२ गते परित्याग गर्नुभएको हो । त्यसयता उहाँको पार्टी सदस्यता छैन । त्यस्तो सदस्यता प्यारो थियो भने त राष्ट्रपति हुन नजान पर्थ्यो नि । अहिले आएपछि खोज्नुहुन्छ नभएको सदस्यता नवीकरण हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077