Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

नेपालको सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जुटौँ : परराष्ट्रमन्त्री राणा

नेपालको सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जुटौँ : परराष्ट्रमन्त्री राणा

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको सुरक्षित भविष्यका लागि जलवायु एवं वातावरणको संरक्षण गर्नुपर्ने बताएकी छन् ।

युलेन्स एजुकेशन फाउण्डेसन र बनेपा नगरपालिकाको संयोजकत्वमा बनेपा नगरपालिका वडा नम्बर ३, काँसी भञ्ज्याङ क्षेत्रमा १० हजार वृक्षरोपण गरिने कार्यक्रमको आज शुभारम्भ गर्दै उनले यस्तो बताएकी हुन् ।

जलवायु परिवर्तनका कारण नेपालमा अकल्पनीय समस्यामा परिरहेकाले सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जोड दिनुपर्ने उनको भनाइ छ ।

उनले भनिन्, “नेपाल जलवायु परिवर्तनको प्रभावबाट सङ्कटमा परेको छ। हाम्रो यो अवस्थाबारे विश्व समुदायमा जानकारी गराएका छौँ र हाम्रा कारणले हामी पीडित होइनौँ भन्ने तथ्य विश्वले बुझिसकेको अवस्था पनि छ। त्यसैले हामी थप सक्रिय भएर जलवायु न्यायका लागि लाग्नुपर्ने अवस्था छ।”

नेपालले केही महिनाअघि पनि सगरमाथा संवादको आयोजना गरेर २५ बुँदे कार्ययोजना समेत सार्वजनिक गरेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077