Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

न्यायपालिकामा गम्भीर संकट, घुसविना न्याय पाउने अवस्था छैन : नारायणकाजी श्रेष्ठ

न्यायपालिकामा गम्भीर संकट, घुसविना न्याय पाउने अवस्था छैन : नारायणकाजी श्रेष्ठ

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशमा विकास र समृद्धि प्रक्रिया तीव्र गतिमा अघि बढ्न नसक्नुको मूल कारण केवल राजनीतिक अस्थिरता मात्र नभई राज्यका अन्य अंगको पुनःसंरचना र रूपान्तरण नहुनु भएको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले विशेषगरी न्यायपालिका गम्भीर संकटमा फसेको दाबी गरेका हुन् । उनले भने, “न्यायको खोजीमा अदालत पुगेको कुनै पनि नेपालीले सम्पर्क, पहुँच वा घुसविना न्याय पाउने अवस्था छैन।”

उनले अझ गम्भीर टिप्पणी गर्दै अदालतलाई अहिले राजनीतिक स्वार्थ, बदला र प्रतिशोध पूरा गर्ने औजारको रूपमा प्रयोग गरिएको बताए। परिणामस्वरूप निर्दोष नागरिकहरू जेलमा कोचिनुपर्ने, सम्पत्ति गुमाउनुपर्ने र न्यायबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको उनले आरोप लगाए।

श्रेष्ठले न्यायपालिकामा रहेका जिम्मेवार पदाधिकारीलाई आफ्नो भूमिकाबारे गम्भीरतापूर्वक सोच्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार, राज्यका अङ्गहरूको पुनःसंरचना र रूपान्तरण अब अपरिहार्य भइसकेको छ।

“तर त्यसका लागि त्यसअनुरूपको राजनीतिक नेतृत्व आवश्यक छ, र त्यसको आधार ‘सफा राजनीति’ हुनुपर्छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077