Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

भूमाफियाहरूलाई सहयोग हुने गरी भूमिसम्बन्धी विधेयक ल्याइयो : उपेन्द्र यादव

भूमाफियाहरूलाई सहयोग हुने गरी भूमिसम्बन्धी विधेयक ल्याइयो : उपेन्द्र यादव

शनिवार , भाद्र ७, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले भूमाफियाहरूलाई सहयोग हुने गरी भूमिसम्बन्धी विधेयक ल्याएको आरोप लगाएका छन्।

वन फडाँनी गरेर विचौलिया, जग्गा दलाल र माफियाहरूलाई जग्गा दिनेगरी सरकारले विधेयक ल्याएको उनको आरोप छ ।

आज न्युज एजेन्सी नेपालसँगको कुराकानी गर्दै उनले भने- 'के वन फँडानी गरेर विचौलियाहरूलाई जग्गा दलालहरूलाई वा माफियालाई जग्गा दिनु उचित हो रु वन फँडानी गर्न उचित हो ? अर्को कुरा के हो भन्दाखेरी नेपाल पर्यावरणीय जोखिममा छ, संकटमा छ । यहाँ वन जोगाउन पर्ने हो । तर जो त्यस्तो ऐन छ, जहाँ वन काटेकालाई त्यसको लालपूर्जा दिने भन्ने छ । त्यसले वन संरक्षण हुन्छ रु वन विनाश भयो भने यो मुलुक मरुभूमिकरण भएर जान्छ । मधेस मरुभूमि हुन्छ ।'

यादवले नेपाल पर्यावरणीय जोखिममा रहेको उल्लेख गर्दै वन जोगाउनुपर्नेमा वन फँडानी गर्नेलाई लालपूर्जा दिनेगरी ऐन बनाउन खोजिएको बताए।

उनले भने- 'वन विनाश भएर देशलाई जोगाउने, जनतालाई जोगाउनका लागि मैले यो ऐन देशहितमा अहिले देखिएन र पर्यावरण अहिले नष्ट हुन्छ । तराई, मधेस, चुरिया नष्ट भएर मरुभूमिकरण हुन्छ ।'

वन विनाश गर्ने ऐन देश र जनताको पक्षमा नरहेकोले आफूहरूले यसको विरोध गरेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077