काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सरकार अधिनायकवादतिर उन्मुख भएको आरोप लगाएका छन्।
उनले राज्यका सबै संयन्त्रहरूमा दुई दलीय पकड कायम गर्नेमा सत्तारुढ दुई ठूला दल लागिरहेको आरोप पनि लगाए।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले- 'यो सरकार अधिनायकवाद र तानाशाहीकरणतिर उन्मुख भइरहेको छ । राज्यका सबै संयन्त्रहरूमा दुई दलीय पकड कायम गर्ने, अझ खास गरी सरकारको नेतृत्व गरिरहेको एमाले र त्यसका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय संयन्त्र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने दिशातिर अघि बढिरहनुभएको छ।'
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय संयन्त्र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने दिशातिर अघि बढिरहेको आरोप सापकोटाको छ।
उनले भने- 'उपसभामुख इन्दिरा रानालाई पहिल्यैदेखि हटाउने कोसिस गरिरहनुभएको थियो । अहिले पनि हस्ताक्षर संकलन गरिरहनुभएको छु, उनको भनाइ छ, त्यो प्रतिशोधपूर्ण छ, बदनियतपूर्ण छ ।'
प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने खेल त्यसकै एउटा उदाहरण भएको प्रवक्ता सापकोटाको बुझाइ छ।