Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

भूमि विधेयकविरुद्ध जसपा नेपालले देशव्यापी विरोध थाल्ने

भूमि विधेयकविरुद्ध जसपा नेपालले देशव्यापी विरोध थाल्ने

शनिवार , भाद्र ७, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि विधेयकका विरुद्धमा विरोध प्रदर्शन गर्ने भएको छ।

जसपाले आज पार्टीका विभिन्न समितिलाई सर्कुलर गर्दै विरोधको तयारी थाल्ने निर्देशन दिएको हो। जसपाले भदौ ९ देखि १५ गतेसम्म भूमि विधेयकविरुद्ध देशका विभिन्न सहरहरुमा विरोध प्रदर्शन गर्ने जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ- 'भूमि सम्बन्धि विधेयक मुलुक र जनताको हितमा नरहेको, भू-माफिया, जग्गा दलालको हित हुने र यसबाट वन जंगल विनाश भई तराईर मधेस मरुभूमिकरण हुनेगरी सरकारले ल्याउन लागेको भूमि सम्बन्धि विधेयकको जसपा नेपाल सुरुदेखिनै विपक्षमा रही विरोध गर्दागर्दै पनि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट २०८२ भाद्र ५ गते सरकारले राष्ट्रियहीत विपरीत रहेको विवादित भूमि विधेयकको प्रक्रिया अगाडि बढाएपछि जसपा नेपालको केन्द्रीय सचिवालय बैठकले वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न एवं जैविक विविधता र पर्यावरणको संरक्षण गर्न, तराईरमधेसलाई मरुभूमिकरण हुनबाट जोगाउन तथा जल, जंगल र भूमिको रक्षा गर्न ‘भूमि र वन बचाउँ, मधेसलाई मरुभूमिकरण हुनबाट जोगाउँ’ अभियान अन्तर्गत भूमि विधेयकविरुद्ध कडा प्रतिकार गर्ने र विरोधमा उत्रिने निर्णय गरेबमोजिम यही भाद्र ९ देखि १५ गतेसम्म भूमि विधेयकविरुद्ध देशका विभिन्न सहरहरुमा ब्यापक विरोध प्रदर्शन गर्न जसपा नेपाल सम्बद्ध सम्पूर्ण समितिहरु एवं पार्टी पंक्तिलाई निर्देशन गर्दछौँ।'

संसदबाट हालै पारित विधेयक भू-माफिया र दलालको हितमा मात्रै भएको र वन–जंगल विनाश गरी तराईरमधेशलाई मरुभूमिकरणतर्फ धकेल्ने खालको रहेको जसपाको आरोप छ ।

WhatsApp Image 2025-08-23 at 16.16.55_11097f29

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077