दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीलाई अझ सबल बनाउन सबै नेता–कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन्।
दाङमा आयोजित एमाले जिल्ला कमिटीको जिल्ला प्रतिनिधि परिषद्लाई सम्बोधन गर्दै उनले पार्टी निर्माणमा “मलाई पार्टीले के दियो होइन, मैले पार्टीलाई के दिए” भन्ने भावनासहित जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए।
उनका अनुसार एमालेमा बहुपद होइन, एक पदको अवधारणाकार्यान्वयन हुँदै आएको छ र सबैलाई अवसर दिनेतर्फ नेतृत्व सचेत रहेको छ।
महासचिव पोखरेलले पूर्वराष्ट्रपतिले सक्रिय राजनीतिमा फर्किन नहुने स्पष्ट गर्दै भने, “सामाजिक क्षेत्रमा उहाँले योगदान दिनसक्नुहुन्छ, तर सक्रिय राजनीतिमा आउनु शोभनीय हुँदैन। तीजको अवसरमा अगुवा महिला नेतासँग दर खानु उहाँको गज्जब योगदानहो।”
उनले एमाले–कांग्रेस सरकार बनेपछि मुलुकको आर्थिक र विकास गतिविधि सकारात्मक बनेको दाबी पनि गरे ।