Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

विद्या भण्डारीलाई एमालेमा कसैले इन्ट्री दिनु पर्दैन, पार्टीकै नेतृ हुनुहुन्छ : कर्ण थापा

विद्या भण्डारीलाई एमालेमा कसैले इन्ट्री दिनु पर्दैन, पार्टीकै नेतृ हुनुहुन्छ : कर्ण थापा

शनिवार , भाद्र ७, २०८२

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा कसैले प्रवेश गराइराख्नु नपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै थापाले भण्डारीले नै पार्टी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएकी भएकाले उनी स्वाभाविक रूपमा एमालेकै नेतृ भएको बताएका हुन् ।

‘उहाँलाई इन्ट्री दिनु भन्ने कुरा नै हुँदैन,’ थापाले स्पष्ट पारे, ‘यो त उहाँ आफैंले निर्माण गरेको पार्टी हो। उहाँ अहिले पनि एमालेमै हुनुहुन्छ र एमालेकै नेतृ हुनुहुन्छ।’

थापाले भण्डारीप्रति एमाले जनजनको विश्वास र समर्थन रहेको दाबी गर्दै भने, ‘जनताको बिचमा आफ्ना विषयवस्तु राखेर जाने कुरा हो। एमालेले जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त मान्छ, जसले कुनै व्यक्तिलाई राजनीति गर्नबाट रोक्दैन।’

उनले वर्तमान अवस्थामा कसैलाई अपमान गर्ने वा लाञ्छना लगाउने प्रवृत्तिको विरोध गर्दै पार्टीभित्र स्वस्थ बहस र फरक मत राख्ने संस्कृतिलाई प्राथमिकता दिनुपर्ने बताए।

भण्डारीको आगामी राजनीतिक भूमिकाबारे थापाले थपे, ‘उहाँको सक्रियता रोकिने छैन। विधान महाधिवेशनमा पनि यो विषय महत्त्वपूर्ण रूपमा प्रवेश गर्नेछ, र हामी फरक मत प्रस्तुत गर्नेछौं।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077