काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराईले मदन भण्डारी फाउन्डेसनको वर्तमान अस्तित्व समाप्त हुने चेतावनी दिएका छन्।
आज नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले फाउन्डेसनलाई पार्टीविरुद्ध प्रयोग भएको आरोप लगाएका छन् ।
भट्टराईले भने- 'अहिले फाउन्डेसनमा रहेर काम गरिरहेका एमालेका कार्यकर्ताहरूलाई पार्टीले फर्कन निर्देशन दिने तयारी गरिरहेको छ। यसो गर्ने बित्तिकै मदन भण्डारी फाउन्डेसनको अस्तित्व समाप्त हुनेछ। फाउन्डेसनमार्फत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक गतिविधि गर्ने जुन सोच्नुभएको छ त्यो अवसर पार्टीले दिने छैन। त्यसो नहुने बित्तिकै उहाँ घर फर्केर सम्मानित रूपमा पूर्वराष्ट्रपतिकै रूपमा जीवन बिताउनु हुनेछ। जुन संरचना नै रहँदैन त्यहाँ बसेर राजनीति गर्छु भन्ने कुरा नै रहँदैन, उहाँले २/४ महिना भाडा तिर्नुहुन्छ, घर फर्कनुहुन्छ।'
उनले मदन भण्डारी फाउन्डेसनमा राजनीति गतिविधि गर्ने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रयास असफल हुने स्पष्ट पारे।