काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगन गरिएको छ । बैठक आज भदौ ८ बस्ने तय थियो ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यस्तताका कारण बैठक स्थगन गरिएको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
आगामी बैठकको मिति टुंगो लागेको छैन । माओवादी केन्द्रको पदाधिकारी बैठक यसअघि पनि बारम्बार स्थगन गरिएको थियो ।