काठमाडौं । अशोक राई नेतृत्वको सत्तारुढ जनता समाजवादी पार्टीले आफ्ना दुई जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
पार्टीको पछिल्लो बैठकमार्फत् जसपाले मन्त्री हेरफेर गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकारमा जसपाबाट हाल प्रदीप यादव खानेपानीमन्त्री र नवलकिशोर साह महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री छन् । सो पार्टीले एक वर्षका लागि प्रदीप यादव र नवलकिशोर साहलाई सरकारमा पठाएको थियो ।
उनीहरूलाई फिर्ता बोलाएर डा. वीरेन्द्र महतो र रञ्जु झालाई सरकारमा पठाउने निर्णय भएको पार्टीका उपाध्यक्ष परशुराम बस्नेतले बताए।
ती मन्त्रीहरूले यही भदौ ११ गतेभित्र राजीनामा दिनेछन् ।