Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

शंकर पोखरेल भन्छन् - अबको राष्ट्रिय गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’

शंकर पोखरेल भन्छन् - अबको राष्ट्रिय गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’

आइतवार , भाद्र ८, २०८२

नेपालगञ्ज । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले अबको राष्ट्रिय गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको टिप्पणी गरेका छन् ।

नेकपा एमाले जिल्ला कमिटी बाँकेको आज नेपालगञ्जमा आयोजित बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका छन् । उनले अब यो विषय राष्ट्रिय आकांक्षा मात्र नभई पार्टीहरूको लक्ष्य बन्नुपर्नेमा जोड दिए ।

पार्टीको नीति र कार्यक्रमप्रति सबैको प्रतिबद्धता तथा नेतृत्वप्रतिको अधिनस्थताले पार्टीलाई बलियो बनाउने उल्लेख गर्दै उनले पार्टीमा बहुपदीयको अर्थ बहु गुट हुनु नभएको बताए ।

पार्टीको दोस्रो विधान महाधिवेशनबाट विधानको प्रस्तावनामा जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै त्यसलाई वर्तमान सन्दर्भमा थप परिष्कृत गर्ने र वैज्ञानिक समाजवादको दिशामा अघि बढ्ने विषयलाई थप गरिने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077