Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

विधायन समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

विधायन समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । सङ्घीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

आजका लागि तय भएको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमा छलफल हुने कार्यसूची छ।

सो विधेयक, २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता भएको थियो। जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखत, मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि प्राप्त वस्तुलाई वैज्ञानिक विधि र पद्धतीको प्रयोगद्वारा प्रमाण सङ्कलन गर्न प्रयोगशाला स्थापना गरिनेछ।

प्रयोगशालाको स्थापना, काम कर्तव्य र अधिकार, सञ्चालक समितिको गठन तथा काम कर्तव्य र अधिकार, परीक्षणसम्बन्धी व्यवस्था, कार्यकारी निर्देशक र कर्मचारीको व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा लेखापरीक्षणलगायतको व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077