काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टिका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई भेट्न विप्लव निवास हरिसिद्धी पुगेका छन् ।
हरिसिद्धी पुगेका प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको छ । महासचिव चन्दले प्रचण्डलाई फूल दिएर घरमा स्वागत गरेका थिए । उनीहरुबीच समसामयिक राजनीतिक अवस्था र दुई पार्टीबीचको एकताबारे छलफल भएको थियो ।
गत साउन १६ गतेदेखि १९ गतेसम्म बसेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता प्रक्रिया अघि बढाउन समिति बनाउने निर्णय गरेको थियो ।
नेकपाले भने भदौ २२ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकले एकताबारे निर्णय गर्ने तयारी गरेको छ । तर, एकताका लागि कार्यदल गठन भने हुन सकेको छैन ।