Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

राज्य व्यवस्थाको उम्मेदवारबारे निर्णय गर्न बूढानीलकण्ठमा कांग्रेसले बोलायो बैठक

राज्य व्यवस्थाको उम्मेदवारबारे निर्णय गर्न बूढानीलकण्ठमा कांग्रेसले बोलायो बैठक

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीहरुको अनौपचारिक बैठक बसेको छ । सभापति शेरबहादुर देउवाले आज बिहान १० बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाएका हुन्।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवारबारे छलफल गर्न देउवाले बैठक बोलाएको एक पदाधिकारीले जानकारी दिए।

सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि नयाँ उम्मेदवारबारे निर्णय गर्न छलफल भइरहेको छ ।

बैठकमा दुई उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरुङ तथा दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माको उपस्थिती रहेको छ।

यस्तै उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरणविपरीत कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यमा पनि छलफल हुनेछ । पदीय आचरण विपरीत काम गरेको भन्दै उपसभामुख रानामगरलाई कांग्रेस र एमालेका सांसदहरूले हस्ताक्षर सङ्कलन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077