काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताको बैठक स्थगित भएको छ । सभापति शेरबहादुर देउवा निवासमा बोलाइएको बैठक स्थगित भएको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति, उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरणविपरीत कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएका थिए।
दुई उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ र महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकमा बोलाएको थियो ।
पार्टी स्रोतका अनुसार मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेताहरुलाई फोन गरेर बैठक स्थगित भएको जानकारी गराएका थिए । अर्को बैठकका लागि सूचना आएको छैन ।