Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

एकीकृत समाजवादीले आमजनताको अधिकारलाई संस्थागत गर्ने संकल्प बोकेको छ : माधवकुमार नेपाल

एकीकृत समाजवादीले आमजनताको अधिकारलाई संस्थागत गर्ने संकल्प बोकेको छ : माधवकुमार नेपाल

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकीकृत पार्टी गठनलाई व्यक्तिवाद, अहंकारवाद, स्वेच्छाचारिताविरुद्धको विद्रोह भएको बताएका छन् ।

आज ‘पार्टी पुनर्गठन दिवस २०८२’को शुभकामना दिँदै यस्तो बताएका हुन् ।

एकीकृत समाजवादीले स्थापनाकालमै कम्युनिस्ट आन्दोलनभित्र देखिएका विचलनलाई अन्त्य गर्दै आन्दोलनलाई शुद्धिकरण, एकीकरण र सशक्तीकरण गर्ने ऐतिहासिक जिम्मेवारी लिएको अध्यक्ष नेपालले बताए।

उनले भने- 'अहिले पनि नेपालको कम्युनिस्ट आन्दोलनमा अनेकौँ विकृति र विसंगति विद्यमान छन्, जसका विरुद्ध केबल नेता–कार्यकर्तालाई मात्र होइन, व्यापक जनतालाई समेत सचेत एवम् गोलबन्द गर्दै आन्दोलनलाई अझ प्रगतिशील, जनमुखी र एकीकृत बनाउने दृढ अठोटका साथ समाज रूपान्तरणको बाटोमा अघि बढ्नुपर्ने ऐतिहासिक आवश्यकता रहेको छ।'

एकीकृत समाजवादीले सदैव जनताको पक्षमा अडिग रहँदै समाजवादउन्मुख लोकतन्त्रलाई मजबुत पार्ने, गरिब, किसान तथा उत्पीडित वर्गको अधिकारलाई संस्थागत गर्ने संकल्प बोकेको नेपालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077